धर्मेन्द्र सुदर्शनले के फरक मत राखेका थिए, जसलाई विप्लव-प्रकाण्डले कार्वाहि नै उचित ठाँने ?

धर्मेन्द्र सुदर्शनले के फरक मत राखेका थिए, जसलाई विप्लव-प्रकाण्डले कार्वाहि नै उचित ठाँने ?

  • बुधबार, बैशाख १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काठमाडौं, १४ वैशाख। गत ३ चैतदेखि १३ सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको १२औं केन्द्रीय समितिको बैठक बस्यो । बैठकले महासचिव ‘विप्लव’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्‍यो ।

महासचिव ‘विप्लव’ ले स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव अस्वीकृत गरियो । बैठकले चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित गरेको थियो ।

बहुमत सचिवालय सदस्यहरूले भने संसदीय व्यवस्था मान्न नहुने र चुनावमा कुनै पनि हालतमा सहभागी हुन नसकिने अडान राखेका थिए । त्यसमा थिए- सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, हेमन्तप्रकाश वली ‘सुदर्शन’ ।

उनीहरूले बैठकमै फरक मत राखेका थिए । केन्द्रीय सचिवालयका पाँच नेतामध्ये कञ्चन र सुदर्शनसँगै केन्द्रीय समितिका बहुमत सदस्यले चुनाव लड्ने कदमको विरोध जनाएका थिए । ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्यहरू महासचिव विप्लवको चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा उभिएका थिए ।

विप्लवको उक्त प्रस्तावमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ले समर्थन जनाए । पार्टीभित्र नै अल्पमतमा परेपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूमाथि कारबाहीको तयारी थाल्यो ।

चुनाव नलड्ने नीति विपरीत प्रकाण्डले आफ्नै जिल्ला कालिकोट पुगेर आफ्नै भाइ बुहारी कलशा विकलाई उम्मेदवार बनाए । नरहरिनाथ गाउँपालिकाको अध्यक्षका लागि पार्टीका केन्द्रीय सदस्य एटम बिसीलाई उम्मेदवार बनाए । यस्तै रास्कोट नगरपालिकामा केन्द्रीय सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकलाई उम्मेदवारी दर्ता गराउन लगाए ।

प्रकाण्डले आफ्नो प्रस्ताव असफल भएपछि असन्तुष्ट बनेका प्रकाण्डले विप्लवलाई पेलेरै भए पनि आफ्ना केही मान्छेलाई चुनावमा भाग लिने वातावरण बनाए । पार्टीको तर्फबाट धमाधम उम्मेदवारी पर्न थालेपछि सचिवालय सदस्य कञ्चनले १२ वैशाखमा विज्ञप्ति निकाल्दै विरोध जनाए । सचिवालय सदस्यको हैसियतमा कञ्चनले निकालेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

विज्ञप्तीमा उनले समग्र सचिवालयको तर्फबाट भनेका थिए । उक्त विज्ञप्तिप्रति विप्लव-प्रकाण्ड समूह रूष्ट बन्यो । चुनावमा उठाएका उमेद्वारलाई जिताउन लाग्नुपर्नेमा उमेद्वारी नै फिर्ता गर्न भनेपछि विप्लव प्रकाण्डलाई नेताद्धय कन्चन र सुदर्शनलाई कार्वाहि गर्न सहज बाटो बन्यो । पार्टीमाथि लागेको प्रतिबन्द फुकुवा गरेर तत्कालित केपी ओली नेतृत्वको सरकारसँग ३ बुदे सहमती गर्ने क्रममा नै विप्लव प्रकाण्डले आफ्नो पार्टी चुनावमार्फत संसदीय राजनीतिमा आउने आन्तरिक सहमती गरेको भन्दै पार्टीभित्र त्यतिबेलैदेखि बिरोध बढेको थियो । उक्त सहमतीबारे केपी ओलीले सरकार र विप्लव समूहबीचको सहमती सार्वजनिक कार्यक्रममा विप्लवको हात समातेर उठाईदिएपछि गरेको सम्बोधनमा सो कुराको संकेत गरेका थिए । चुनावमा जान हुँदैन भन्ने कुरामा बहुमत भएपछि केन्द्रीय समितिलदे चुनावमा जाने निर्णय गर्न नसकेपनि कन्चन र सुदर्शनलाई बिभिन्न आरोप लगाएर कार्वाहि गर्ने तर चुनावमा सहभागी हुने रणनिती विप्लव प्रकाण्डको थियो ।

केही दिन अगाडि बसेको केन्द्रीय सदस्य माइला लामासहितका नेताहरूको बैठकले चुनाव लड्ने कदमको भण्डाफोर गर्ने निर्णय गरेको थियो ।

धर्मेन्द्र–सुदर्शन समूहले नेतृत्वको विरूद्धमा विभिन्न कमद चालेको थियो । यतिसम्म कि आवश्यक परेको खण्डमा विप्लव-प्रकाण्ड समूहलाई कारबाही गर्ने सम्मको तयारी थियो । यसका लागि उनीहरूले केन्द्रीय समिति बैठकमा फरक मत राख्ने नेताहरूको भेला गर्ने, सार्वजनिक अभिव्यक्ति दिने जस्ता कार्य गर्न थाले । आफूविरुद्ध भण्डाफोर अभियान चलेको चाल पाएपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूलाई कारवाही प्रक्रियाअघि बढाएको हो ।

अन्ततः विप्लव-प्रकाण्ड समूहले सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले दुवै जनालाई निष्काशन गरेको हो ।

दुवै नेताहरूले मालेमावादको सामान्य संगठनात्मक विधि एवं मान्यत एवं एकीकृत जनक्रान्तिको भावनाविपरीत बैठकका निर्णय र नेतृत्वका विरुद्ध पार्टी बाहिरका संचारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको भन्दै निष्कासन गरिएको विप्लवको आरोप छ ।

संगठनात्मक तथा आर्थिक मामिलामा नमिलेको र सुदर्शन पक्राउ पर्नुको कारण पार्टीको निर्देशन नमान्नु रहेको पनि विज्ञप्तिमा जनाएका विप्लवले तत्कालिन समयमा कार्यकर्ताले यीनै बिषयमा छानविन हुनुपर्यो भनेर माग गर्दा उक्त आवाज उठाउने कार्यकर्तालाई नै कार्वाहि गरेका थिए ।एक नेताले भने, ‘आफ्नो कतुर्त लुकाउन अहिले कन्चन र सुदर्शनलाई कार्वाहिको नाटक गरिएको हो । विप्लवले धर्मेन्द्र र सुदर्शनमाथि अहिले लगाएका आरोपमाथि कार्यकर्ताले पार्टीमाथि प्रतिबन्ध लाग्नु अघि र शुदर्शन पक्राउ पर्नु अघि नै छानविनको माग गर्दा उनीहरुलाई नै कार्वाहि गरिएको थियो ।”

पछिल्लो समय सुदर्शनले विप्लव प्रकाण्डले नै पार्टीको नाममा उठाईएको चन्दा रकम अरबौ रुपैया लुकाएर व्याक्तिगत बनाएको भन्दै अभिव्यक्ति दिन थालेपछि उनीहरु झस्किएको सुदर्शन पक्षिय एक नेताको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ