विप्लवको पार्टी फुट्यो, कार्बाहीको घोषणा गरिएपछि ओली बास्तोलाले नयाँ पार्टी घोषणा गर्दै

विप्लवको पार्टी फुट्यो, कार्बाहीको घोषणा गरिएपछि ओली बास्तोलाले नयाँ पार्टी घोषणा गर्दै

  • बुधबार, बैशाख १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

बैशाख १४ काठमाण्डौँ । एकीकृत जनक्रान्ति गर्ने भन्दै नयाँ पार्टी बनाएर केही समय हिंसात्मक गतिविधि गरेर एक दर्जन मानिसको ज्यान लिएको विप्लव पार्टी विभाजित भएको छ ।

विप्लवले पार्टी भित्र अल्पमतमा पर्दा पनि निर्णय विपरीत धमाधम आफैले निर्देशन दिएर केन्द्रीय नेताहरुलाई नै निर्वाचनमा भाग लिन उम्मेद्धार बनाउदै पठाएपछि असहमति राख्दै आएका हेमन्त ओली र धर्मेन्द्र बास्तोलालाई उनैले आज पार्टीबाट निष्कासित गरेका छन् ।

यो निष्कासनसँगै ओली र वास्तोलाले भेला गरेर नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।
विप्लवले वक्तव्यमा दुई नेताले नाङगो गुटबन्दी गरेको, पार्टी निर्णय विपरीत अराजक गतिविधि गरेको जस्ता आरोप लगाएका छन् ।
बास्तोलाले हिजो मात्रै विज्ञप्ति जारी गरी उम्मेद्धारी दर्ता गरेका केन्द्रीय सदस्य र जिल्ला पदाधीकारीलाई उम्मेद्धारी फिर्ता लिन अपील गरेका थिए ।

ओली र वास्तोलाले एक दर्जन बढी केन्द्रीय सदस्य समेत अन्य नेताहरु लिएर नयाँ पार्टी बनाउने तयारी थालेका छन् ।
ओली र बास्तोलाले आफू पक्षीय नेता कार्यकर्ताहरुसँग् भेटघाट र छलफल जारी राखेको र पार्टी घोषणा गर्ने अन्तिम तयारी भएको एक नेताले बताए ।

https://www.mirmireonline.com/wp-content/uploads/2022/04/Baktabya1-1.pdf

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ