काँग्रेसको घोषणा पत्र भनेको गालीपुराँण हो , पागलपनको प्रलाप हो : केपी ओली

काँग्रेसको घोषणा पत्र भनेको गालीपुराँण हो , पागलपनको प्रलाप हो : केपी ओली

  • मङ्लबार, बैशाख १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

बैशाख १३ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली काँग्रेस बिरुद्ध आक्रोश पोखेका छन् । काँग्रेसको घोषणा पत्रमा एमाले र केपी ओली एवं राष्ट्रपतिलाई लक्षित गरेर विभिन्न आरोप लगाईएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

ओलीले काँग्रेसको घोषणा पत्र नभई गाली पुराण भएको भन्दै त्यसमा बिचार र कार्यक्रम नभएको जिकिर गरे । साथै उनले यो पागलपनको प्रलाप भएको पनि तर्क गरे ।

२३ औँ मनमोहन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले काँग्रेससँग देश विकासको नीति र बिचार नभएको भन्दै देउवाको समेत आलोचना गरे ।
साथै माओवादी र एकीकृत समाजवादीप्रति पनि उनले आक्रोश व्यक्त गर्दै प्रचण्ड र माधव नेपाल केशर जंग रायमाझी जस्ता भएको टिप्पणी गरे ।
माओवादीसँग अब जनतासँग बोल्ने झुट पनि बाँकी नरहेको र एकीकृत समाजवादीसँग कुनै तुक नभएको उनको जिकिर छ ।
अबको निर्वाचनमा एमालेले बहुमत ल्याउने पनि ओलीले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ