बैशाख १३ काठमाण्डौँ । ५४ सालमा काठमाण्डौको मेयर बनेपछि विभिन्न विवादमा मुछिएका केशब स्थापितलाई एमालेले पुनः काठमाण्डौँ महानगरको टिकट दिएपछि उनी यौनदुराचारी भएको र उनलाई टिकट दिर्ईएकोमा पीडित महिलाले आपत्ति जनाएकी छन् ।
पत्रकार रस्मिला प्रजापतिले केशब स्थापितलाई यौन दुराचारीको संज्ञा दिँदै काठमाण्डौमा एमालेले अरु कोही उम्मेद्धार भेटेनछ ? भनेर प्रश्न गरेकी थिईन् ।
स्थापित मेयर बनेका बेला पहिला गलत मनशायले छुने, क्वालीटी टाईम बिताउन जाँउ भन्दै बढुवाको प्रलोभन दिएर दुराचारको कोशिस गरेको प्रजापतिले बताईन् ।
उनले मि टु अभियानका क्रममा दुराचारको विषय खुलासा गदै स्थापितको यौन दुराचार अस्वीकार गरेकै कारण आफूलाई जागिरबाट हटाएको समेत बताएकी थिईन् ।
यसै गरी उज्जला महर्जनले पनि स्थापितले यौन दुराचार गरेको सार्वजनिक गरेकी थिईन् ।
पारिवारीक र सामाजिक कारणले नाम उल्लेख गर्न नमानेकी अर्की एक रेडियो पत्रकारले पनि एक पटक अन्तवार्ता लिन स्टुडियोमा बोलाएको र त्यसपछि आफूलाई निरन्तर फोन गरेर घुम्न जाँन प्रस्ताव राखेकाले आफूले पछि फोन नै उठाउन छाडिदिएको बताएकी छन् । शाही थरकी ती पत्रकारले मिर्मिरेसँग कुरा गर्दै स्थापितले बिहानदेखि बेलुका सम्म पटक पटक फोन गर्ने गरेको सुनाईन् ।

यौन दुराचारीलाई पार्टीले कार्बाही गर्नु पर्नेमा टिकट दिएको भन्दै प्रजापतिले आपत्ति जनाएकी छन् ।
यता केशब स्थापितले भने उनीहरुलाई पागलको संज्ञा दिदै आफूले निर्वाचन जितिसकेको र प्रकृयाका कारण मत हाल्न र घोषणा हुन मात्र बाँकी रहेको दाबी गरेका छन् ।
केशब स्थापित विवादमा आईरहनु पर्छ, आएन भने त स्थापित नै भएन नि , उनले भने ।
केशब स्थापितले एमाले हुँदै राजाको पालामा पनि मेयर पद खाएको र पछिल्लो समय बागमती प्रदेश सभा सदस्य र मन्त्री समेत भएर गाँजाको पक्षमा वकालत गर्ने गरेका थिए ।
अहिले ठ्याक्कै काठमाण्डौमा बलियो उम्मेद्धारको रुपमा गठबन्धनका तर्फबाट सृजना सिंह उठेकाले काँग्रेसको महिला संगठन, अन्य सामाजिक अभियान्ताहरुले समुहगत रुपमा छलफल गर्दै स्थापितलाई पाखा लगाउनु पर्र्ने बताउने गरेको काँग्रेसका एक नेताले दाबी गरे ।
केशव स्थापितले ५४ सालको कुरा सम्झेर जितिसकेको घोषणा गरेको भन्दै त्यो हावादारी रहेको र बैशाख ३० पछि उनी पाखा लाग्ने दाबी गरे ।