कर्णाली प्रदेशबाट एकीकृत समाजवादीले खाता खोल्यो, २ पालिका अध्यक्ष सहित ३३ जना निर्विरोध निर्वाचित

कर्णाली प्रदेशबाट एकीकृत समाजवादीले खाता खोल्यो, २ पालिका अध्यक्ष सहित ३३ जना निर्विरोध निर्वाचित

  • सोमवार, बैशाख १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 36.2K
    SHARES

डोल्पा, १२ वैशाख ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशको डोल्पा जिल्लामा विजयको शुरुवात गरेको छ । जिल्लाका २ पालिका सहित ३३ जना (एकीकृत समाजवादी)बाट निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का २ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ६ वडा अध्यक्ष गरी गरी २४ सदस्य सहित ३३ जना जन प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उप महासचिव प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

निर्विरोध हुनेहरुमा काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ रहनु भएको छ ।यस्तै डोल्पो बुद्ध गाउँपालिकामा उपाध्यक्ष तथा विभिन्न ६ वटा वडामा (एकीकृत समाजवादी)का उम्मेद्दवार निर्विरोध निर्वाचित भएका छन् ।

डोल्पा बाट जितको खाता खोलेर (एकीकृत समाजवादी) पार्टी अगाडी बढी सकेकाले देशभर बाटै जितको शुभ संकेत देखिएको उपमहासचिव ज्वालाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ