देशभर पाँच दलीय गठबन्धनको साझा उम्मेद्धार हुने, जसले वागी वा स्वतन्त्र उम्मेद्धारी दिन्छ, उसलाई फिर्ता गराउने

देशभर पाँच दलीय गठबन्धनको साझा उम्मेद्धार हुने, जसले वागी वा स्वतन्त्र उम्मेद्धारी दिन्छ, उसलाई फिर्ता गराउने

  • सोमवार, बैशाख १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

बैशाख १२ काठमाण्डौँ । पाँच दलीय गठबन्धनको बैठकले देशभर साझा उम्मेद्धार बनाएर जाने निर्णय गरेको छ ।

आज बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले देशैभरी साझा उम्मेद्धार बनाएर जाने, स्थानीय स्तरमा देखिएका असमझदारीलाई हटाउने र कसैले बागी वा स्वतन्त्र उम्मेद्धारी दिएको भए फिर्ता लिन लगाउने पनि निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

यसै गरी दलहरुको आ आफ्नो संयन्त्र मार्फत देशभरी नै गठबन्धनका उम्मेद्धार जिताउन लागि पर्न पनि बैठकले निर्देशन दिएको छ ।

उनले भने, ‘स्थानीय निकायमा पाँच दलले खडा गरेका उम्मेदवारहरूलाई एकताका साथ निर्वाचित गराउन सबैले आ–आफ्नो संयन्त्रमार्फत् आ–आफ्नो दललाई निर्देशन गर्ने निर्णय भएको छ । केही छुटफुट उम्मेदवारीहरु दर्ता भएपनि तिनीहरुलाई फेरि सहमती गरेर पाँच दलको एउटै उम्मेदवारहरू देशभरी हुनेछन् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ