कटारी नगरपालिकाको मेयरमा एमालेबाट ज्ञानेन्द्र श्रेष्ठ नै दोहोरीने, गठबन्धनलाई हराएर निर्वाचित हुने दाबी

कटारी नगरपालिकाको मेयरमा एमालेबाट ज्ञानेन्द्र श्रेष्ठ नै दोहोरीने, गठबन्धनलाई हराएर निर्वाचित हुने दाबी

  • सोमवार, बैशाख १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

बैशाख १२ कटारी । उदयपुरको कटारी नगरपालिकाका वर्तमान मेयर ज्ञानेन्द्र श्रेष्ठले पुनः उम्मेद्धारी दिने भएका छन् ।
यस अघि मेयर रहेर राम्रो काम गरेको भनेर प्रशंसा बटुलेका श्रेष्ठ एमालेबाट फेरी उम्मेद्धारका लागि सिफारीस भएसँगै आज मनोनयनको तयारी गरेका छन् ।

उनले यस अघि नै कटारीमा पाँच दलीय गठबन्धन भएमा आफूले उम्मेद्धारी दिने नत्र नदिने बताउदै आएका थिए । कटारीमा पाँच दलीय गठबन्धन बनेर काँग्रेसको प्रमुख र माओवादीको उपप्रमुखमा साझा उम्मेद्धार आउने भएपछि श्रेष्ठ फेरी मैदानमा उत्रिन लागेका हुन् ।
मिर्मिरेसँग कुराकानी गर्दै मेयर श्रेष्ठले आफूले आज मनोनयन गर्न लागेको र जतिसुकै गठबन्धन गरेर अरु आए पनि जनताले आफूलाई निर्वाचित गर्नेमा ढुक्क रहेको बताए ।
गठबन्धनका कारण केही चुनौती रहे पनि जनता आफ्नो पक्षमा रहेको श्रेष्ठको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ