कर्णाली प्रदेशमा माओवादी केन्द्र ठूलो दल बन्ने संकेत, गठबन्धनमै पायो सबै भन्दा धेरै सिट

कर्णाली प्रदेशमा माओवादी केन्द्र ठूलो दल बन्ने संकेत, गठबन्धनमै पायो सबै भन्दा धेरै सिट

  • सोमवार, बैशाख १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

बैशाख १२ काठमाण्डौँ । संसद र स्थानीय तहमा तेस्रो दलको हैसियतमा रहेको माओवादी केन्द्र यस पटकको स्थानीय तहको निर्वाचनमा कर्णालीमा पहिलो दल बन्ने देखिएको छ ।

गठबन्धनबीच धेरै जसो जिल्लामा भएको चुनावी तालमेलको सहमतिका क्रममा माओवादीले पाएको सिट काँग्रेसको भन्दा पनि बढी छ । रुकुम पश्चिम र सुर्खेत बाहेकको जिल्लामा गठबन्धनले भागबण्डा टुंगो लगाएको छ ।

कणार्लीका विभिन्न जिल्लामा अहिले सम्म गरिएको भागबण्डा अनुसार माओवादीको भागमा प्रमुख उपप्रमुख गरी ५१, नेपाली काँग्रेसको भागमा ४७ र एकीकृत समाजवादीको भागमा २९ सिट परेको छ ।
यहाँ जसपा र जनमोर्चा सामेल भएका छैनन् । अझ माओवादीले अघिल्लो पटक अत्याधिक जीत हासिल गरेको रुकुम पश्चिममा भाग बण्डा गर्दा माओवादीको भागमा बढी पर्ने संभावना छ भने सुर्खेतमा पनि माओवादीले केही हिस्सा पाउनेछ ।
कुलमा कर्णालीमा माओवादी पहिलो, काँग्रेस दोस्रो र एसलाई तेस्रो पोजिसन हुने गरी भागवण्डा गरेको देखिएको छ ।

यी सबै तहमा गठबन्धनले सहमति अनुसार जिताउन सफल भएमा सो प्रदेशमा माओवादी पहिलो दल बन्ने संकेत देखिएको माओवादी केन्द्रका सो प्रदेशका नेताहरु बताउछन् ।
अन्य प्रदेशको तुलनामा माओवादीको जनाधार र प्रभाव राम्रो रहेकाले पनि कर्णालीमा धेरै सिट लिन माओवादी सफल भएको देखिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ