आज स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन

आज स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन

  • सोमवार, बैशाख १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

बैशाख १२ काठमाण्डौँ । आसन्न बैशाख ३० गते हुने निर्वाचनका लागि आज मनोनयन गर्ने अन्तिम दिन देशभरका सबै पालिका प्रमुख सहित करीब ३६ हजार पदमा उम्मेद्धारी दर्ता हुँदैछ ।
हिजो करीब ११ हजार उम्मेद्धारले मनोनयन दर्ता गराएका थिए । गठबन्धन भित्र भागवण्डामा सहमति नभएका कारण हिजो धेरै जसो जिल्लामा ठूला दलको उम्मेद्धारी परेको थिएन । तर आज अनिवार्य साँझ ५ बजेसम्म मनोनयन गरीसक्नु पर्ने भएकाले गठबन्धनले पनि आज दिनभरीमा सहमति जुटाउने प्रयास गर्ने भएको छ ।

गठबन्धनले हिजो साँझ बैठक बसेर महानगर र उपमहानगर सहितमा भएको सहमति बिपरीत बागी उम्मेद्धारी दर्ता नगर्न र दर्ता गरेको भए फिर्ता लिन निर्देशन दिएको छ ।
तर पनि खास गरी काँग्रेस भित्र देखिएको असन्तुष्टी र विद्रोहले ठाँउ ठाँउमा गठबन्धन टुटने खतरा बढिरहेको छ ।

यता एमालेले पनि सबै तहमा उम्मेद्धारी टुंगो लगाउन सकेको छैन । पोखरामा एमालेले सिफारीस गरेको मेयर दिपक पौडेलमाथि सुनको सिक्री चोरेको भिडियो भाईरल बनेपछि पार्टीलाई संकट पैदा भएको छ भने उपमेयर मञ्जु गुरुगंले पनि आफू नउठ्ने भनेपछि पार्टीलाई अर्को संकट आईलागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ