एमालेमा पालिका अध्यक्षका लागि ६ जना आकाक्षीं थिए, तर प्रदेश अध्यक्षले जोडबल गरी आफनै श्रीमतीलाई उम्मेद्धार बनाए !

एमालेमा पालिका अध्यक्षका लागि ६ जना आकाक्षीं थिए, तर प्रदेश अध्यक्षले जोडबल गरी आफनै श्रीमतीलाई उम्मेद्धार बनाए !

  • आइतवार, बैशाख ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

सुर्खेत, ११ वैशाख । नेकपा ९एमाले०का कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले दैलेखको ठाटीकाँधको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएका छन् । शाहले उक्त गाउँपालिकामा आफ्नी श्रीमतीलाई उम्मेदवार बनाएका हुन् ।

कार्यकर्ताले लक्ष्मीदेवी शाह बाहेक अन्यको बिकल्प खोज्नुपर्छ भन्दा पनि दुईदिनदेखि लगातार बसेको एमाले कर्णाली प्रदेश टिकट समन्वय समिति बैठकबाट शाहले आफ्नो श्रीमती शाहलाई अध्यक्षमा उम्मेदवार बनाएका हुन् । यस्तै, एमालेले उपाध्यक्षमा देवीराम बडुवाललाई उम्मेदवार बनाएको छ ।

यसअघि एमालेबाट ठाटीकाँधको अध्यक्षमा ६ जनाले दाबी गरेका थिए । तर, एमाले प्रदेश अध्यक्ष शाहको जोडबलमा उनकी श्रीमतीलाई अध्यक्ष बनाउने निर्णय भएको एमाले नेताहरुको आरोप छ । पालिकामा उम्मेदवारको सिफारिस हुन नसकेपछि ६ जनै आकाङ्क्षीहरु प्रदेश राजधानी वीरेन्द्रनगरमा जम्मा भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी