काठमाडौं, १० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनमा अर्को दलको निर्वाचन चिह्न लिएर लड्ने उम्मेदवारको दलीय हैसियत सोही दलको हुने बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले जुन दलको चुनाव चिन्हबाट उम्मेदवार निर्वाचित हुन्छ सोही दलको पदाधिकारी हुने बताएका हुन् ।
कानुनले राजनीतिक दलको गठबन्धन वा तालेमल नबुझ्ने बताउदैँ उनले भने, भविष्यमा जुन दलबाट निर्वाचित भएको हो त्यो दलले ती निर्वाचित व्यक्तिलाई कारबाही गरिएको पत्र पठाए कानुनअनुसार हुने छ ।
निर्वाचन कानुनमा गठबन्धन भन्ने शब्द छैन । हुँदै नभएको कुरो आयोगले जान्ने कुरा पनि भएन । यसकारण हामी के बुझ्दछौं भने यदि कुनै पनि राजनीतिक दलको हकमा त्यो दलले दिएको मनोनयन पत्रका आधारमा उम्मेदवारी दर्ता हुन्छ । उम्मेदवारी दर्ता हुने व्यक्ति त्यो दलको सदस्य हो कि होइन कहिले प्रवेश गरेको हो, उसको पार्टीमा के हैसियत छ भन्ने विषय आयोगको होइन उनले स्पष्ट पारे ।
पमुख आयुक्त थपलियो भने, त्यसकारण जुन चिह्नबाट ऊ उम्मेदवारी दिन्छ र निर्वाचित हुन्छ त्यही दलको हो भन्ने निधो हुन्छ । यदि कोही स्वतन्त्र रूपमा उम्मेदवार हुन्छ र स्वतन्त्र चिह्नबाट निर्वाचन जित्यो भने ऊ स्वतन्त्र हुन्छ । कुनै दलबाट उम्मेदवारी दर्ता गरेर चुनाव जितेर त्यो दल त्याग गरेको अर्को दलमा गएमा वा त्यो दलले गर्नुपर्ने कामभन्दा विपरीत काम गरेको भनेर त्यो दलको केन्द्रीय कमिटीले निर्णय गरेर आयोगमा निजलाई हटाइदिनुपर्यो भनेर आयो भने आवश्यक प्रक्रिया पूरा गरी डकुमेन्ट हेरेर १५ दिनभित्रमा आयोगले त्यो पद रिक्त भएको घोषणा गर्छ, उनले थपे ।
प्रमुख आयुक्त थपलियाको उक्त भनाई अनुसार स्थानीय तहको निर्वाचनमा एउटा दलका उमेद्वारले तालमेल गरेर अर्कोृ दलको चुनाब चिन्हबाट चुनाव लडेर जितेमा जनप्रतिनिधिको हैसियत त्यहि चुनाव चिन्हवाल दलको हुनेछ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले नेकपा एमालेको सूर्य चिह्न लिएर स्थानीय तहमा सहभागी हुने भएको छ । यस्तोमा राप्रपा, नेपालका कुनै उम्मेदवारले चुनाव जितेमा उसको दलीय हैसियत नेकपा एमालेकै हुनेछ ।