महानगरको उम्मेदवार छान्न कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा

महानगरको उम्मेदवार छान्न कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा

  • शनिबार, बैशाख १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, १० वैशाख। महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा वर्तमान र पूर्व पदाधिकारी सहभागी छन् । शीर्ष नेताहरूबीच सहमति जुटेपछि सनिबारनै कार्यसम्पादन समितिको बैठक बस्ने बैठकमा सहभागी एक नेताले बताए । कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने छलफल टुंगिएको छैन । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरेका छन् । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबार बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

नेताहरूबीच अहिलेसम्म काठमाडौंको मेयरमा सिर्जना सिंह र भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने सहमति बनेको छ । त्यसबाहेक ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज र पोखराको उपमेयर पदको उम्मेदवार टुंगिएको छैन ।

महानगर र उपमहानगरको उम्मेदवारको टुंगो लगाएपछि ती नाम कार्यसम्पादन समितिमा अनुमोदनका लागि प्रस्तुत गर्ने तयारि गरिएको सभापति देउवा पषिय नेताको भनाइ छ । सोहि कारण आजको कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

आज बिहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह ३ बजेका लागि सारिएको थियो तर उमेद्वारको बिषयमा सहमती नभएपछि उक्त बैठक स्थगित गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ