बैशाख ९ काठमाण्डौँ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले राजीनामा दिएकी छन् । उनले दोस्रो कार्यकालका लागि टिकट पाउने निश्चित बनेपछि आज राजीनामा दिएकी हुन् । दाहालले बैशाख ११ गते उम्मेद्धारी दिने तयारी गरेकी छन् । दाहालले अहिलेको जिम्मेवारीबाट राजीनामा दिएकी छिन्। दाहालले भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीलाई मेयर पदबाट राजीनामा दिएको पत्र बुझाएकी हुन्।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने बाध्यकारी नियम लगाएपछि उनले राजीनामा दिएकी हुन्। यसअघि एमालेबाट भरतपुरको मेयरमा उठ्न लागेका विजय सुवेदीले पनि हिजो बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए।
गठबन्धनले भरतपुरको प्रमुख माओवादी केन्द्र र उपप्रमुख नेपाली कांग्रेसलाई दिने गरी निर्णय गरेको छ ।
महिलाले नेतृत्व गरेको महानगरपालिका भरतपुर देशकै अब्बल महानगर भएकोसमेत बताइन्। भरतपुर महानगरपालिकाको जिम्मेवारी अब नयाँ नेतृत्व नआउँदा सम्मका लागि उपमेयरले समाल्नेछिन्।
राजीनामाअघि दाहालले जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन एवं धन्यवाद समारोह आयोजना गरेकी थिइन्।
काँग्रेस भित्र केही असन्तुष्टी बढेपछि दाहालले जनचाहना अनुरुप काम गरेर सहानुभूति प्राप्त गरेको , माओवादीको संगठन पनि थप सुदृढ भएको र एमाले पनि विभाजित भएकाले जित निश्चित हुने अनुमान रेणुको रहेको छ ।