काठमाडौं, ९ वैशाख। नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको हो ।
शुक्रबार नै सबै पालिका तहका पार्टी कमिटीले पनि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए ।
घोषणापत्रमा अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको रुपमा संसद विघटन गरेको निर्णयलाई सही निर्णय गरिएको ठहर गरिएको छ ।
‘प्रतिनिधिसभा विघटन र संसद विघटन स्वभाविक प्रक्रियामा थियो । तर त्यसलाई २०७८ असार २८ को परमादेश जनादेशलाई ठाडो चुनौती र निकृष्ट काम हो’ घोषणापत्र मस्यौदा समितिका संयोजक समेत रहेका ईश्वर पोखरेलले भने, ‘मुलुकलाई प्रतिगमनमा लैजाने काम भयो । आपराधिक प्रयत्न थियो । अदालतमा मजाक विषयमा । अविश्वनीय बन्दै गएको छ ।’
४८ पेजको घोषणा पत्रमा एमालेले आफू नेतृत्व रहँदा गरेका कार्यक्रम र आगामी दिनमा पार्टीले गर्ने कामका बारेमा उल्लेख गर्दै केहि संकल्पहरुसमेत उल्लेख गरेको छ। जसमा आफ्ना जनप्रतिनिधिहरु शासक नभएर जनताका सेवक हुन् भनिएको छ।
‘हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्। हाम्रो नेतृत्वमा रहेका पालिकाहरु सुशालनमा नमूना बन्नेछन्। हाम्रा जनप्रतिनिधिहरुले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्। हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुको कानुनी कारबाहीको दायरामा पुर्यान अग्रणी भूमिका खेल्नेछन्’, घोषणा पत्रमा भनिएको छ ।
एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक भइरहेको छ । सबै पालिकाले आ-आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् ।
https://www.mirmireonline.com/wp-content/uploads/2022/04/%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AF-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%9A%E0%A4%A8-%E0%A4%98%E0%A5%8B%E0%A4%B7%E0%A4%A3%E0%A4%BE-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A5%A6%E0%A5%AD%E0%A5%AF.pdf