बैशाख ८ काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले विभिन्न फौजदारी अभियोग लगाएर आफूलाई थुन्ने योजना बनाएकाले त्यसलाई परास्त गर्न संसद विघटन गरेको दाबी गरेका छन् ।
आज सल्लाहकार परिषद्को बैठकलाई संवोधन गर्दै ओलीले आफ्नै चाहनामा एमाले र माओवादी एकता गरेको भए पनि पछि आफैलाई थुन्न प्रचण्डले १९ बुदे अभियोग पत्र पार्टीमा ल्याएपछि आफूले संसद विघटन गर्नु परेको बताए ।
उनले जनादेश लिन आफूले संसद विघटन गरेको भन्दै कसैले पनि संसद विघटन गलत थियो भनेर भुलेर पनि नबोल्न निर्देशन दिए ।
भीम रावल सहितका नेताले संसद विघटन गर्नु गलत थियो भन्दै विरोध गर्दै आएका छन् ।
उनले आगामी निर्वाचनमा एकातिर गठबन्धन र अकोतिर एमाले रहेकाले चूनौती रहेपनि स्वीकार्न तयार रहेको बताए ।
एमालेको संगठन व्यापक मात्रामा विस्तार भएकाले पनि चुनाव जित्ने ओलीले दाबी गरे ।