बिआरआई नेपालको हितमा छ, भू राजनीतिसँग जोडिएको छैनः चीन

बिआरआई नेपालको हितमा छ, भू राजनीतिसँग जोडिएको छैनः चीन

  • बिहिबार, बैशाख ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

बैशाख ८ काठमाण्डौँ । चीनले आफूले अघि सारेको बिआरआई परियोजना नेपालको हितमा रहेको र भूराजनीतिसँग नजोडिएको स्पष्ट पारेको छ ।
आज नेपालका लागि चीनीया राजदुत होउ यान्छीले पत्रकार सम्मेलन गरी यस्तो परियोजनाले नेपाल जस्तो विकासशील देशको दीगो लक्ष्य हासिल गर्न र समृद्धिमा सहयोग पुग्ने विस्वास व्यक्त गरिन् ।
उनले बुढीगण्डकी आयोजनाबाट चीनीया कम्पनी हटाएकोप्रति असन्तुष्टी जनाउदै सरकारै पिच्छे फेरीने नीतिका कारण चीनीया उद्यमि र लगानीहरुलाई समस्या पर्ने गरेको पनि बताईन् ।
साथै उनले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिएकी छन् ।

 

नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात पुनः सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्व दिएको बताईन् ।
“यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका छन् । दुवै पक्षले कूटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परामर्श गर्न, सीमासम्बन्धी मामिला र हाम्रा दुई देशबीचको सहकार्यलाई व्यवस्थित बनाउन समन्वय गरिरहेका छन् ।” उनले भनिन् ।

कोभिड–१९ महामारीबाट मुक्त भई नेपालको अर्थतन्त्र र समाज सामान्य अवस्थामा फर्किएपछि चीन र नेपालबीचको सहकार्यले गति लिने विश्वास व्यक्त गर्दै चिनियाँ राजदूतले नेपाली पक्षले निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्न, चिनियाँ उद्यमहरूको वैधानिक हक र हितको पूर्ण संरक्षण गर्न तथा उनीहरूका व्यावहारिक समस्याहरू समाधान गर्न मद्दत गर्नेमा आफू ढुक्क रहेको बताईन् ।

“महामारीको सामना गर्दा विद्यार्थीका लागि विद्यालयमा फर्किनु अन्तर्राष्ट्रिय रूपमा सामान्य समस्या हो । यसअघि महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाली पक्षले अधिकांश देशसँगको अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेपछि नेपाल–चीनबीचको सिधा उडान हालसम्म बन्द भएको छ ।” राजदुतको भनाई छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ