बैशाख ८ कैलाली । आज कैलालीमा विभिन्न दल परित्याग गरेर ठूलो संख्यामा कार्यकर्ता र मतदाताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज कैलालीको मसुरियामा आयोजना गरिएको बृहत् ध्रुवीकरण तथा एकता कार्यक्रममा जनता समाजवादी, विप्लव नेकपा र नेकपा एमालेमा रहेका पूर्व माओवादीहरु केन्द्रमा फर्केका हुन् ।
आजको कार्यक्रममा जसपाबाट १७ सय, एमालेबाट ३ सय र विप्लव समुहबाट २ सय कार्यकर्ता प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।
आजको कार्यक्रममा कन्चनपुरका अन्य पार्टीका नेता कार्यकर्तालाई पनि प्रवेश गराईएको थियो ।
उनीहरुलाई स्वागत गर्दै प्रचण्डले अब सुदुरपश्चिममा माओवादीप्रति ठूलो जागरण आएको भन्दै पार्टीलाई ६४ सालको अवस्थामा पुर्याउने बताए ।
कैलालीमा सबै तहमा गठबन्धनलाई जिताउने र संघीय निर्वाचनमा पाँच क्षेत्र नै जित्ने गरी लाग्न पनि प्रचण्डले अपील गरे । सुदुरपश्चिम प्रदेशलाई माथि नउठाएसम्म आफूले विश्राम नलिने उनले बताए ।
कृष्ण चौधरी सहितका जसपाका नेता कार्यकर्ता यस अघि नै माओवादीमा प्रवेश गरीसकेका थिए । तिनै चौधरी सहितको टोलीको पहलमा आज यी कार्यकर्ताहरु ठूलो संख्यामा माओवादी प्रवेश गरेका हुन् ।
