अहिलेको परिवर्तन ल्याउने माओवादी, देशको नेतृत्व अर्कैको हातमा पर्दा समस्या भयो : प्रचण्ड

अहिलेको परिवर्तन ल्याउने माओवादी, देशको नेतृत्व अर्कैको हातमा पर्दा समस्या भयो : प्रचण्ड

  • बुधबार, बैशाख ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

बैशाख ७ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीले थालेको जनयुद्ध र आन्दोलनका कारण नै अहिले आम जनताले परिवर्तन र अधिकार प्राप्त गरेको भन्दै त्यसको रक्षा गर्नु आवस्यक रहेको बताए ।
आज पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले महिला, मधेशी, मुसलिम, दलित, आदिवासी जनजाति एवं पिछडिएको क्षेत्र र वर्गका समुदायलाई समावेशी समानुपातिक प्रणाली मार्फत हक अधिकार सुनिश्चित गराएको बताए ।
साथै सिंहदरबारमा सदियौँदेखि केन्द्रीत शासकीय अधिकार गाँउ गाँउ सम्म पुर्याएको भन्दै कतिपय तत्वहरु अझै पनि यसलाई उल्ट्याउन लागि परेको भन्दै त्यस बिरुद्ध अझै खबरदारी गर्नु पर्ने उनले बताए ।

देशमा आर्थिक आधार बलियो बनाउदै समाजवाद तिरको यात्रामा अघि बढ्नु पर्ने भन्दै त्यसका लागि माओवादीको नेतृत्व आवस्यक रहेको बताए ।

अधिकार ल्याउने माओवादी तर देशको नेतृत्वको साँचो अर्कैको हातमा परिरहँदा यसलाई उल्ट्याउने खतरा पटक पटक देखा परेको उनले सुनाए ।
कार्यक्रममा सिन्धुपालचोक, रामेछाप लगायतका जिल्लाबाट २ सय काँग्रेस, एमाले र जसपाका युवा तथा नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । उनीहरुलाई प्रचण्डले स्वागत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी