बैशाख ६ काठमाण्डौँ । तल्लो तहमा गठबन्धनको भावना अनुसार दलहरु सहमत हुन नसकि रहेका बेला प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड गठबन्धनलाई सार्थक निष्कर्षमा पुर्याउन तातिएका छन् ।
आज दिँउसो मात्रै प्रधानमन्त्रीले गठबन्धन फुटाउने षड्यन्त्र भएको भन्दै कुनै हालतमा टुट्न नदिने अभिव्यक्ति दिएका थिए ।
लगातार बसिरहेको बैठकले महानगरमा भागवण्डा टुंग्याएको छ । जस अनुसार काठमाण्डौँ, ललितपुर र विराटनगर नेपाली काँग्रेस, माओवादी भरतपुर , एकीकृत समाजवादी पोखरा र जसपा बीरगञ्जमा प्रमुख बन्नेछन् ।
अब ११ वटा उपमहानगरमा समझदारी हुन बाँकी रहेकाले आजै राति १० बजेपछि बसेर त्यो पनि टुंग्याएर हस्ताक्षर गर्ने तयारीमा नेताहरु लागेका छन् ।
उपमहानगर पनि सहमतिको नजिक पुगेको माओवादी नेता देव गुरुगंले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline