भरतपुर महानगर माओवादीकै भागमा पर्यो, औपचारीक भागबण्डा आजै टुंगिने

भरतपुर महानगर माओवादीकै भागमा पर्यो, औपचारीक भागबण्डा आजै टुंगिने

  • मङ्लबार, बैशाख ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

बैशाख ६ काठमाण्डौँ । चितवनको भरतपुर महानगरपालिका माओवादीको भागमा परेको छ । यस सम्बन्धि जानकारी दिँदै काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले चितवन जिल्ला सभापति सहित काँग्रेसी नेताहरुलाई यस अघिका निर्णय सच्याउन निर्देशन दिएका छन् ।

चितवन सभापति राजेश्वर खनाल सहित बागमती प्रदेशका नेताहरुलाई बोलाएर प्रधानमन्त्री देउवाले अब विगतमा जिल्ला समितिले गरेको निर्णय सच्याउन निर्देशन दिँदै चुनावमा गठबन्धनको उम्मेद्धारलाई जिताउने गरी खट्न पनि निर्देशन दिए ।

काँग्रेस जिल्ला समिति र वडा कमिटिहरुले महानगर आफैले पाउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

भरतपुर महानगर माओवादीलाई दिने , काठमाण्डौ सहित तीन महानगर काँग्रेसलाई दिने, बीरगञ्ज जसपालाई दिने निर्णय गठबन्धनले गरीसकेका छन् भने पोखरा महानगरपालिकाबारे निर्णय हुन बाँकी छ ।

अहिले जारी गठबन्धनको बैठकले यो निर्णय गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ