पोखरा,६ वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उमा भुजेल शिलु लाई कार्वाहि गर्न माग गरेको छ ।
आज सोमबार जिल्ला सेक्रेटरी गोकुल पराजुली लगायत १७ जनाको हस्ताक्षर सहित बिज्ञप्ति निकालेर केन्द्रीय समितिलाई सम्बोधन गर्दै शिलुलाई कारवाही गर्न माग गरेको हो । यस्तै कास्की जिल्ला सदस्य काजि गुरुङलाई जिल्ला सदस्यबाट हटाई सामान्य सदस्य रहनेगरी कारवाही गरेको जनाएको छ ।
बिज्ञप्तिका अनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कास्कीको लेटरप्याडमा २०७९र०१र०३ गतेका दिन उमा भुजेल ञशिलुझ को हस्ताक्षरमा प्रकाशित बिज्ञप्तिको भ्रममा नपर्न सम्पुर्ण कमरेडहरु र आम जनसमुदायमा अनुरोध गरीएको छ ।
बिज्ञप्तिका अनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कास्कीको लेटरप्याडमा २०७९/०१/०३ गतेका दिन उमा भुजेल `शिलु´ को हस्ताक्षरमा प्रकाशित बिज्ञप्तिको भ्रममा नपर्न सम्पुर्ण कमरेडहरु र आम जनसमुदायमा अनुरोध गरीएको छ ।
यस्तै जिल्ला सेक्रेटरी क. गोकुल पराजुलीको अध्यक्षतामा यही मिति २०७९/०१/०४ गतेका दिन जिल्ला पार्टीको बैठक बसी हिटलरी शैली तथा निषेधात्मक र नोकरशाही प्रवृत्तिका कारण आफ्नो असक्षमतालाई ढाकछोप गर्न उमा भुजेल `शिलु´ ले कास्की जिल्लाका सेक्रेटरी क. गोकुल पराजुली, जिल्ला सदस्य बद्री अधिकारी र रमाकान्त बास्तोलालाई नेपाल कम्युनिस्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी गरीएको कथित कारवाही सरासर पार्टी बिरोधि, संगठन बिरोधि एवं एकीकृत जनक्रान्तिको पद्धति र मान्यता बिरोधि भएको निष्कर्ष सहित कास्की जिल्लाका अत्याधिक बहुमत जिल्ला सदस्यहरु र आम कार्यकर्ताहरु द्वारा घोर निन्दा तथा ठाडो अस्विकार गरेको उल्लेख गरीएको छ साथै उमा भुजेल `शिलु´ हदैसम्मको गुटवादी, फुटवादी, निरंकुश र संगठनात्मक रुपले घोर स्वच्छाचारी भएको कारण कास्की जिल्लाको इन्चार्जबाट बहिस्कार गरीएको बिज्ञप्तिमा उल्लेख गरीएको छ । बिज्ञप्तिमा उमा भुजेलद्वारा लगाईएका आरोपहरु पुर्ण रुपमा निराधार, कपोकल्पित तथा चरम पुर्वाग्रही रहेको पनि जानकारी गराउँदछौं । बरु स्वयं उमा भुजेल `शिलु´ले संगठनलाई क्षेतवीक्षत पारेको, लज्जास्पद गुटबन्दी गरेको, बर्षौसम्म आर्थिक हिसाब किताब नदेखाएको, दलाल – माफियाहरुसंग आर्थिक संबन्ध बनाएको, जथाभावी संगठनात्मक निर्णय गरी ईमानदार कार्यकर्तालाई वाईपास गर्ने, भ्रम छर्ने, धम्काउने गरेको, हैसियतको नाङ्गो दुरुपयोग गरी पार्टीको निति – बिधि – अनुशासन र मर्यादा वेपरीत निरन्तर हर्कत गरेको आरोप लगाएका छन् ।

