बालुवाटारमा सिट बाँडफाँटको छलफल जारी, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख टुङ्गिने

बालुवाटारमा सिट बाँडफाँटको छलफल जारी, महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख टुङ्गिने

  • सोमवार, बैशाख ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

वैशाख ५, काठमाडौँ । सत्ता गठबन्धन दलका नेताहरूबीच महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भागबण्डा गर्नेबारे बालुवाटारमा छलफल भईरहेको छ । सोमबार बिहानैदेखि जारी गठबन्धनको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निश्किएपछि दिउँसो केही बेरका लागि स्थगित भएको थियो ।

त्यसपछि प्रचण्ड पार्टीको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा भाग लिन पेरिसडाँडा पुगेका थिए । पत्रकार सम्मेलनलाई सम्बोधन गरेर अध्यक्ष दाहाल पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएपछि छलफल जारी छ ।

नेकपा एकीककृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू यस अघिदेखि नै छलफलमा छन् । बैठकमा पाँच वटै दलका नेताहरूले आ–आफ्नो पार्टीको दाबी पेस गरेका छन् भने सोमबार साँझसम्म सिट बाँडफाँटको सहमति हुने नेताहरूले जानकारी दिए ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा बोल्दै सोमबार साँझसम्म महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको टुंगो लगाउने गरी छलफल भइरहेको बताएका थिए । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी समितिका सदस्यहरू सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ