ठाटीकाँधमा एमाले विवादः शाह भन्छन्ः श्रीमतीलाई दाबी नगर्न भनेको हुँ,उल्टो भयो

ठाटीकाँधमा एमाले विवादः शाह भन्छन्ः श्रीमतीलाई दाबी नगर्न भनेको हुँ,उल्टो भयो

  • सोमवार, बैशाख ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

सुर्खेत ५ वैशाख । दैलेखको ठाटीकाँध गाउँपालिकामा एमालेकातर्फबाट अध्यक्ष तथा उपाध्यक्षको टुंगो लाग्न सकेको छैन । नेकपा एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवि शाहलाई प्रदेश कमिटिमा सिफारिस गरेर पठाउनु पर्ने भन्दै पालिका कमिटीका सदस्यहरुलाई दबाब दिएको आरोप भुटो भएको शाहले बताए ।

एमाले कर्णाली प्रदेश अध्यक्ष बिनोद कुमार शाहले श्रीमतीलाई अध्यक्षमा सिफारिस गर्न ठाटीकाँधमा नबसेको बताए ।

आफ्नो आमा बिरामी भएका कारण ठाटीकाँधमा आएको हुँ,’उनले भने, ‘नत श्रीमतीलाई जिताउन आएका हुँ । म आफुले श्रीमतीलाई अध्यक्षमा दाबी नगर भनेको हो ।’ भन्नेबेला समाबेशीता भन्ने महिला उठ्दा विरोद गर्ने,‘उनले भने, ‘सुरुवाती अवस्था देखि दुबैजना पार्टिमा लागेको हो । उनको पनि आफ्नो ठाउँबाट पालिकामा दाबेदार गर्ने हक अधिकार होलानी । पार्टिको काम निरन्तर गर्नुपर्ने पालिकामा दाबी गर्दा बिरोध हुने कस्तो प्रचलन हो । महिला जहिले पनि पछि नै हुनुपर्ने ।’ तीन जनाको नाम पठाइदेउ भन्दा नमानेको र त्यसो गर्दा पनि हुँदैन भने जति नाम छन ति सबैको नाम पठाइदिन भनेको शाहको दावी छ । ‘पार्टी कमिटिले विवेकपूर्ण रुपमा सोच्ला । पार्टीको पक्षमा परिणाम आउने गरि निर्णय हुन्छ भनेर भनेको हो । मलाई मेरो श्रीमतीसँग जोडनु भनेको विचारको दिवालियापन बाहेक केहि होइन,’ उनले भने, ‘श्रीमतीले चुनाव लड्नै नपाइने भन्ने होइन । पार्टिमा उनको पनि योगदान रहेको छ । दाबेदार हुन पाइन्छ । चुनाव हारियो भने आफ्नो नाम जोडिने बताउँदै २०४० सालदेखि चुनाव जिताइरहेको उनले बताए ।

यता अध्यक्ष शाहकी श्रीमतीले चुनाव हार्ने त्रासका कारण उनी त्यहाँ बस्दै आएको र श्रीमती अध्यक्ष बनाउन लागि परेको एक उम्मेदवारले बताए । ‘ ठाटीकाँध एमालेमा अध्यक्ष पदका लागि धीरबहादुर शाही, योगेन्द्र विक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मी देवी शाह, बखत भण्डारी, मनोज गौतम, अस्मिता शाही, शक्तिराम बुढा र बमबहादुर शाहीले अध्यक्षमा दाबी गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ