बैशाख ३ काठमाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनको सहयोग र प्रस्तावमा आफू प्रधानमन्त्री बनेको स्मरण गर्दै चुनावमा अन्य साझेदार दललाई धोका नदिने स्पष्ट पारेका छन् ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सभापति देउवाले काँग्रेस ठूलो र जिम्मेवार दल भएको र जिल्ला जिल्लामा पनि संयन्त्रको प्रमुख काँग्रेस नै भएकाले सबैलाई चित्त बुझाएर मिलाएर लैजाने जिम्मेवारी पनि काँग्रेसकै भएको बताए ।
स्थानीय आवस्यकता र मागलाई ध्यान दिने भन्दै देउवाले भरतपुर महानगर भने माओवादीलाई दिन सक्ने संकेत गरेका थिए ।
उनले गठबन्धन बिरुद्ध नलाग्न र नबोल्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
काँग्रेसले नै गठबन्धन गरेरै चुनावमा जाने निर्णय गरीसकेको भन्दै देउवाले यसलाई पालना गर्न सबैलाई निर्देशन दिए ।
आफूले गठबन्धन दलहरुसँग सोही निर्णयका आधारमा सहमति गरीसकेको भन्दै यसलाई मान्नुको विकल्प नभएको बताए । साथै गठबन्धन नहुँदा विगतको चुनावमा के स्थिति थियो त्यो स्मरण गर्न पनि उनले अपील गरे ।