अबदेखि चुनावी तालमेल बिरुद्ध नबोल्न नेता कार्यकर्तालाई काँग्रेसको कडा निर्देशन

अबदेखि चुनावी तालमेल बिरुद्ध नबोल्न नेता कार्यकर्तालाई काँग्रेसको कडा निर्देशन

  • शुक्रबार, बैशाख २, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बैशाख २ काठमाण्डौँ । नेपाली काँग्रेसले स्थानीय तहको चुनावमा तालमेलको पक्षमा पुनः प्रतिवद्धता जनाएको छ ।
शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो ।

बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता रहेकाले संविधान जोगाउन बनेको गठबन्धनलाई चुनाव सम्म लानु पर्ने आवस्यकताबारे बोध गराएका थिए ।
केपी ओलीले संसद विघटन गरेर प्रतिगमनको झल्को दिएकाले संविधानको रक्षाका लागि बनेको गठबन्धन जोगाउनु पर्ने, सरकार जोगाउनु पर्ने र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी लगायत कतिपय दललाई सडकमा छाड्न काँग्रेसको नैतिकताले नदिने भएकाले तालमेलप्रति प्रतिवद्ध रहन खड्काले निर्देशन दिए ।

पार्टीले सर्वसम्मत ढंगले चुनावमा तालमेल गरेर जाने निष्कर्ष निकालेकाले यसलाई अनुशासनको रुपमा बुझेर काम गर्न पनि खड्काले अपील गरे ।
एक्लै लड्दा काँग्रेसको स्थिति पनि त्यति राम्रो नभएकाले सत्तारुढ गठबन्धनभित्रै तालमेलको आवस्यकतामा उनले जोड दिए ।

अब उप्रान्त चुनावी तालमेलको बिरुद्ध नबोल्न कडा निर्देशन दिने पनि बैठकले निर्णय गरेको छ ।
यसै गरी निर्वाचन परिचालनलाई लक्षित गरेर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने पनि बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ