देशका विभिन्न जिल्लाबाट एमालेका ५ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

देशका विभिन्न जिल्लाबाट एमालेका ५ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

  • शुक्रबार, बैशाख २, २०७९
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

बैशाख २ काठमाण्डौँ । चुनावको मिति नजिकिँदै जादा विभिन्न दल अदल बदल गर्ने प्रकृया तीव्र बनेको छ । आज नुवाकोट, रौतहट लगायतका जिल्लाबाट गरी ५ सय एमाले नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नुवाकोट बेलकोटगढीका एमाले नेता एवं मेयरका दाबेदार माधव प्रसाद पाण्डेको नेतृत्वमा एमाले, काँग्रेस र राप्रपा परित्याग गरी २ सय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई पेरिसडाँडामा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।
यसै गरी एमालेकै रौतहट जिल्ला नेता सञ्जीव कुमार शाहको नेतृत्वमा मधेश प्रदेशबाट ५ सय कार्यकर्ताहरु माओवादी प्रवेश गरेको सो पार्टीले जनाएको छ ।
प्रचण्डले सो कार्यक्रममा परिवर्तन उल्ट्याउन खोज्नेहरु बिरुद्ध शसक्त भएर उभिनु पर्ने आवस्यकता रहेको भन्दै नवप्रवेशीहरुलाई पार्टीले उचित जिम्मेवारी दिने बताए ।

उनले देश र विकासको पनि नेतृत्व माओवादीले मात्रै गर्न सक्ने भन्दै मधेशी, थारु, आदिवासी, दलित, महिलाको हक र अधिकार माओवादी आन्दोलनकै कारण संभव भएकाले देशको विकास र नेतृत्वका लागि माओवादीलाई साथ दिन अपील गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ