विप्लवको सुदुरपश्चिम प्रदेशमा पहिरो, केन्द्रीय सदस्य सहित दर्जनौ नेता कार्यकर्ता र पूर्व लडाकु माओवादी केन्द्र प्रवेश

विप्लवको सुदुरपश्चिम प्रदेशमा पहिरो, केन्द्रीय सदस्य सहित दर्जनौ नेता कार्यकर्ता र पूर्व लडाकु माओवादी केन्द्र प्रवेश

  • बिहिबार, बैशाख १, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

बैशाख १ काठमाण्डौँ । एकीकृत जनक्रान्तिका नाममा हिजोको माओवादी आन्दोलनको उपलव्धि नै समाप्त हुने गरी बिरोधीहरुलाई बल पुर्याउने काम विप्लवले गरेको भन्दै सो पार्टीका तीन केन्द्रीय सदस्य सहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा फर्किएका छन् । आज खुमलटारमा एकता तथा ध्रुवीकरण कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

उनीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउदै अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए ।

पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा प्रचण्डको जोड थियो ।

अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको रिहाईका लागि आफूले पहल गरीरहेको र केही छुटेको र केही छुट्ने क्रममा रहेको उनले बताए ।
विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा फसाएको भन्दै नवप्रवेशीहरुले माओवादी आन्दोलनको केन्द्रका रुपमा रहेको प्रचण्ड नेतृत्वको माओवादीमा समाहित हुने निर्णय गरेको बताए।
नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताए ।

“हामी नेपाली जनयुद्धलाई अगाडि बढाउन क्रममा जसरी लामबद्ध भएर अगाडि गयौं, पछिल्ला दिनहरुमा हाम्रा अभियानहरु क्षतविक्षत अवस्थामा पुगेको अनुभूति गरेका छौं, प्रतिक्रियावादीहरुले सिँगो माओवादी आन्दोलनलाई कमजोर बनाउन धावा बोलिरहेका छन् ।”

पार्टीलाई अलग थलग बनाएर बिभिन्न बहानामा, विदेशी शक्ति केन्द्रबाट परिचालिन भएर आन्दोलनलाई क्षतविक्षत बनाइयो ।” उनले भने, “त्यसैले हामीले पूर्व माओवादी एक भएर अघि बढ्नैपर्छ भन्ने अनुभूति गरेर ध्रुवीकरणको प्रक्रियामा अघि बढेका हौं । जनयुद्दलाई नस्वीकार्ने एमाले जस्तो शक्तिसँग गठबन्धनको जुन षडयन्त्र विप्लवहरुले गरेका छन्, त्यसबाट कतै विदेशी शक्तिका विरुद्ध आफ्नै इतिहास कुल्चिने काम त भइरहेको छैन भन्ने शंका भएको छ ।”

उनले अधुरो क्रान्ति पुरा गर्ने नाममा विप्लव पार्टीले सञ्चालन गरेको एकीकृत जनक्रान्तिमा १२ जनाको सहादत भएकोले उहाँहरुलाई सहिद घोषणा गर्न पहल गर्नुपर्ने बताए ।
केही दिन अघि मात्रै विप्लवका नेता ओम पुनले एमालेसँग चुनावी गठबन्धनका बिषयमा छलफल गरेको सार्वजनिक भएपछि सो क्षेत्रका नेता कार्यकर्ताहरुमा असन्तुष्टी बढेको छ ।

विप्लवको पार्टी नेकपा परित्याग गरी ध्रुबीकरणमा समाहित हुनेहरूको नामावलीः–
क..श्रवण,
क. मुक्ति,
क. राप्ती,
क. पुकार, पूर्व जिल्ला इन्चार्च तथा व्यूरो सदस्य
क. पर्वत, घाइते अपांग योद्धा संघ
क. आवश्यकता ,पूर्व ब्यूरो सदस्य तथा संविधान सभा सदस्
क. क्षितिज, पूर्व ब्यूरो सदस्य
क. बिहानी, पूर्व बटालियन कमाण्डर
क. करण, पूर्व कम्पनी कमाण्डर
क. सोपान, पूर्व कम्पनी कामाण्डर
क. रविन, पूर्व कम्पनी कमाण्डर
क. जनक सिंह, वकिल
क. दोभान, पूर्व ब्यूरो सदस्य
क. मोहित, पूर्व कम्पनी कमाण्डर
क. कृष्ण बिक पूर्व अध्यक्ष दलित मोर्चा
क. रण ब. भण्डारी शिक्षक संगठन
क. दीपक भण्डारी पूर्व के।स अखिल क्रान्तिकारी
क. तुफान पूर्व कम्पनी भिसी
क. भक्त वयक जिल्ला सदस्य पार्टी
क. संगम पूर्व कम्पनी भिसि
क. राजकुमार पूर्व कम्पनी भिसि
क. विष्णु तिमिल्सिना पूर्व प्लाटुन कमाण्डर
क. सर्वजित रावल पूर्व प्लाटुन कमाण्डर
क. ममता बोहरासहित कैलालीबाट १३ जना जिल्ला कमिटि सदस्य
इश्वरी चन्द, गंगा सिंह, जानकी तिमिल्सिना, राज बहादुर बुढा
क. बुद्ध गुरु।ग पूर्व जिल्ला सदस्य धादिंग
क. चेरोंग तामांग रसुवा पूर्व जिल्ला सदस्इ
क. देव तामांग, विशेष फोर्स सदस्य
ज्ञानु बम, नेकपा माओवादी केन्द्र समाजवादी पोलिटब्यूरो सदस्य
हरि नेपाली केन्द्रीय सदस्य

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ