एमालेमा ८० प्रतिशत कार्यकर्ता ईमान्दार छन्, तर नेतृत्वले भ्रम दिएर बन्दी बनाएको छ : प्रचण्ड

एमालेमा ८० प्रतिशत कार्यकर्ता ईमान्दार छन्, तर नेतृत्वले भ्रम दिएर बन्दी बनाएको छ : प्रचण्ड

  • बिहिबार, बैशाख १, २०७९
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

बैशाख १ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले भित्र ८० प्रतिशत कार्यकर्ताहरु ईमान्दार कम्युनिष्ट रहेको बताएका छन् ।

आज खुमलटारमा माओवादी ध्रुवीकरण एवं एकता कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तीन वर्ष एकता गरेको अवधिमा आफूले धेरै नेता कार्यकर्ता बुझेको भन्दै धेरै कार्यकर्ता ईमान्दार भए पनि नेतृत्व प्रतिगमनकारी प्रवृतिको भएकाले बन्दी भएको प्रचण्डको दाबी छ ।

सबै ईमान्दार कम्युनिष्टहरुलाई केन्द्रीत नगरी सच्चा समाजवाद आउन नसक्ने भन्दै गलत नेतृत्वको भ्रमबाट ती कार्यकर्तालाई पनि मुक्त गर्नु पर्ने आवस्यकता रहेको बताए ।

उनले हिजोका दिनमा माओवादी नफुटेको भए अहिले सम्म धेरै उपलव्धि हुने दाबी गर्दै सबै माओवादी र सबै ईमान्दार कम्युनिष्टहरुलाई केन्द्रीत गरेर समाजवादको यात्रामा जानु पर्ने बताए ।
उनले हिजोका दिनमा विभाजित भएर गएका सबै नेता कार्यकर्तालाई फर्किन पनि आग्रह गरे ।
आज सुदुरपश्चिबाट विभिन्न दलमा पुगेका माओवादी आन्दोलनका नेता कार्यकर्ताहरु ध्रुवीकृत भएका छन् ।
अब सुदुरपश्चिममा माओवादी फेरी पनि ६४ सालकै हाराहारीको अवस्थामा आउन लागेको पनि प्रचण्डले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ