८ लाख घुसको पैसा बाटैमा फ्यालेर भागेका राउत नै एमालेबाट पुनः गाँउपालिका अध्यक्षको उम्मेद्धार !

८ लाख घुसको पैसा बाटैमा फ्यालेर भागेका राउत नै एमालेबाट पुनः गाँउपालिका अध्यक्षको उम्मेद्धार !

  • मङ्लबार, चैत्र २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

चैत्र २९ काठमाण्डौँ । केही महिना अघि घुस खाएको र सो रकमबारे थाहा पाएर विरोध पछि बाटैमा ८ लाख रुपैया फालेर भागेका धनुषा बटेश्वर गाउँपालिकाको अध्यक्ष पदमा पुनः डम्बरबहादुर राउत क्षेत्रीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । उनी एमालेबाट निर्वाचित गाँउपालिका अध्यक्ष थिए ।
उम्मेदवारीका लागि हिरालाल महतो, श्याम महतो, दिलिप लामा, राम पुकार महतोलगायतले पनि दाबी गरेका थिए तर एमाले गाउँ सचिवालय समितिका बहुमत सदस्यले क्षेत्रीलाई नै रोजेपछि अन्य आकांक्षी पछि हटेका थिए ।

गाउँपालिका अध्यक्ष क्षेत्रीलाई २०७७ फागुन १७ मा गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिएबापत ठेकेदारसँग ८ लाख रुपैयाँ घुस लिएको आरोप भन्दै विरोध भएको थियो ।

धनुषाको महेन्द्रनगरमा ठेकेदारबाट घुस लिएका उनलाई अख्तियारको टोलीले पछ्याएपछि गाडीबाट बाटैमा पैसा फ्याकेर भागेका थिए । त्यस मध्य उनले झाडीमा फ्याकेको रकम अख्तियार टोलीले बरामद गरेको थियो । त्यसपछि अख्तियारले पक्राउ गरेका अध्यक्ष राउत धरौटीमा पछि रिहा भएका थिए ।
सो मुद्धामा अख्तियारको अनुसन्धान र मुद्धा नटुगिंदै राउत पुनः अध्यक्षको उम्मेद्धार बनिसकेका छन् ।
तात्कालीन प्रधानमन्त्री केपी ओली र एमालेका नेताहरुले कर्मचारीतन्त्र प्रयोग गरेर उनलाई कानुनी कार्बाहीबाट जोगिएको स्थानीयवासीको आरोप छ । राउतले प्रशासनिक भवन मात्रै हैन थुप्रै अन्य योजनामा पनि अनियमितता गरेको महालेखा परिक्षकको प्रतिवेदनले संकेत गरेको छ ।
दुई साताअघि मतदाता रिझाउन उनले गाउँपालिका कार्यालयको ४० लाख बजेटमा फाइवर सिरक खरिद गरी ७४८ जना ज्येष्ठ नागरिकलाई वितरण गरेका थिए। गर्मीमा सिरक वितरण गरेपछि अध्यक्ष क्षेत्रीको निकै आलोचना भएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी