औरही गाउँपालिकामा जसपालाई झटका : उपाध्यक्षले गरे कांग्रेसमा प्रवेश

औरही गाउँपालिकामा जसपालाई झटका : उपाध्यक्षले गरे कांग्रेसमा प्रवेश

  • आइतवार, चैत्र २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

सिरहा, २६ चैत । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीता कुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपाबाट उपाध्यक्षमा निर्वाचित उनी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेपछि जसपालाई ठूलो झटका लागेको छ ।

गत स्थानीय तहको निर्वाचनमा उनी औरही गाउँपालिकामा उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका थिए ।

उनले केहीदिन अगाडी पार्टी परित्याग गरेको घोषणासमेत गरेकी थिइन् । उनीसहित जसपा र अन्य पार्टीका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव शैलेन्द्र यादवले जनाएको छ।

यो पटक पुनः उपाध्यक्षको टिकट नदिने भएपछि उनले जसपा छाडेको बताइन्छ । कांग्रेसले भने उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएर पार्टीमा ल्याएको जिल्ला सचिव यादवले जनाए । कांग्रेस केन्द्रीय सदस्य दिनेश प्रसाद यादव र जिल्ला सभापति रामचन्द्र यादवले उनलाई फूल माला र अबिर लगाई पार्टीमा स्वागत गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ