चैत्र २७ काठमाण्डौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन बिरुद्ध श्रृखलावद्ध रुपमा उत्छृंखल अभिव्यक्ति दिने क्रम रोकिएको छैन ।
केही दिन अघि ओलीले भक्तपुरमा गठबन्धन एक एक किलाको ढक भएको र एमाले एक्लै एक क्विन्टलको ढक भएको टिप्पणी गरेका थिए ।
त्यसपछि उनले शनिबार बागलुगं पुगेर गठबन्धनलाई स्यालहरुको मोर्चा भन्दै एमाले हात्ती भएको र स्यालहरुको मोर्चाले हात्तीको शिकार गर्न नसक्ने बताएका थिए ।
आज ओलीले गठबन्धनलाई अपराधीको संज्ञा दिएका छन् । उनले अपराधी गठबन्धनले देश बर्बाद बनाएको र श्रृलका जस्तो हुन लागेको भन्दै देश बचाउन र बनाउन एमालेको आवस्यकता रहेको बताए ।
आज शिक्षकहरुको भेलालाई संवोधन गर्दै ओलीले एमालेलाई गठबन्धनले चुनावमा हराउन नसक्ने ठोकुवा पनि गरे ।
ओलीको श्रृखलावद्ध आक्रामक अभिव्यक्तिका बीच देशभर पाँच दलीय गठबन्धन भने चुनावी तालमेल र मोर्चाबन्दीमा केन्द्रीत हुँदै गएको छ ।