समाजवादीले निर्धारण गर्‍यो स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड

समाजवादीले निर्धारण गर्‍यो स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड

  • आइतवार, चैत्र २७, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, २७ चैत ।

एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड तय गरेको छ । काठमाडौंमा सम्पन्न भएको पार्टीको २०औं केन्द्रीय सचिवालय बैठकले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार मापदण्ड तय गरेको हो ।

उम्मेदवार सिफारिस तथा छनोटको गर्दा सबैभन्दा पहिला पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको व्यक्ति हुनुपर्नेछ । त्यस्तै पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्टा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय भएको हुनुपर्ने समाजवादीको मापदण्ड छ ।

त्यस्तै स्वच्छ छवि भएको र सुशासनको पक्षपाती भएको, कार्यक्षमता राम्रो भएको र समावेशितालाई ध्यान दिने मापदण्ड समाजवादीले तोकेको हो ।

स्थानीय निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं निर्णय गर्ने प्रक्रियासमेत तय गरेको छ । जसमा वडा सदस्यका लागि पार्टी वडा कमिटीको सिफारिसमा पालिका कमिटीले निर्णय गर्नेछ ।

वडाध्यक्षका लागि पार्टी वडा कमिटी र पालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले निर्णय गर्नेछ । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि पार्टी पालिका कमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्नेछ ।

महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको हकमा भने केन्द्रीय कमिटीले निर्णय गर्नेछ । त्यसका लागि पार्टीको सम्बन्धित पालिका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले सिफारिस गर्नुपर्नेछ ।

कुनै निर्णय विवादित भएमा एक तह माथिल्लो कमिटीले छानबिन गरी फैसला गर्नेछ । सिफारिस गर्ने क्रममा सर्वसम्मति भएमा सोही नाम पठाउने र सर्वसम्मति नभएमा आकाक्षीमध्ये कम्तीमा एक महिलासहित तीनजनाको नाम पठाउनुपर्नेछ ।

उम्मेदवारसम्बन्धी निर्णय सकेसम्म कमिटीको पूर्ण बैठकबाट गर्ने, पूर्ण बैठक बस्न सम्भव नभएमा सचिवालयको बैठकबाट गर्ने निर्णयसमेत सचिवालय बैठकले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी