केपी ओली गफाडी हुन्, उनको काम पनि छैन र भविष्य पनि छैन : माधव नेपाल

केपी ओली गफाडी हुन्, उनको काम पनि छैन र भविष्य पनि छैन : माधव नेपाल

  • शनिबार, चैत्र २६, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

चैत्र २६ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली गफाडी भएको भन्दै उनको कुनै काम नभएको र राजनीतिक भविष्य पनि नभएको ठोकुवा गरेका छन् ।
सो पार्टीको काठमाण्डौँ जिल्ला समितिले आज भृकुटीमण्डपमा आयोजना गरेको चुनावी सभालाई संवोधन गर्दै अध्यक्ष नेपालले समाजवाद र कम्युनिष्ट आन्दोलनको भविष्यको सही विकल्प आफ्नो पार्टी भएको दाबी गरे ।

उनले पार्टीप्रति युवाहरुको आकर्षण र जनलहर बढीरहेको भन्दै गफाडीहरुले गफ गरिरहने र आफूहरुले काम गरेर देखाउदै अघि बढ्नु पर्ने बताए ।

सोही कार्यक्रममा सो पार्टीका सम्मानित नेता झलनाथ खनालले समाजवादी पार्टी ढक हो कि टन हो हेर्न आउन सुझाव दिए ।
उनले जिल्ला जिल्लामा गएर हेर्न भन्दै ओलीको अन्य पार्टी ढक भएको भन्ने अभिव्यक्तिको टिप्पणी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ