चैत्र २५ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अहिले निर्लज्ज मान्छेहरुको हातमा गएको टिप्पणी गरेका छन् । आज राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले निर्लज्ज मान्छेहरुले देश बनाउन र सुधार्न नसक्ने बताए ।
उनले अर्थतन्त्र सुधार्न खोज्ने गभर्नरलाई निलम्बन गरेको भन्दै माओवादी भनेर चिनिएका पूर्व न्यायधीशको संयोजकत्वमा छानविन समिति बनाउनुको अर्थ के हो ? भन्दै प्रश्न गरे ।
प्रचण्डमा क्रान्तिकारी भन्ने तर देशका लागि केही नगर्ने र आफ्ना र आफन्तका लागि मात्रै गर्ने प्रवृति रहेको भन्दै नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएकोमा ब्यग्य गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline