माधव नेपालले चुनावमा तीन सिट पनि ल्याउदैनन्, प्रचण्डको चार सिट पनि आउन गाह्रोः ओली

माधव नेपालले चुनावमा तीन सिट पनि ल्याउदैनन्, प्रचण्डको चार सिट पनि आउन गाह्रोः ओली

  • शुक्रबार, चैत्र २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चैत्र २५ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आँउदो निर्वाचनमा माधव नेपालको पार्टीले तीन सिट पनि ल्याउन नसक्ने ठोकुवा गरेका छन् । २२/२३ सिट ल्याउने हुत्ति छ ? छैन उनीहरुले तीन सिट ल्याएर देखाउन त ? ओलीले चुनौती दिए ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पनि चार सिट आउन गाह्रो रहेको भन्दै जीत्न नसक्ने भएपछि नै ७४ सालमा एमालेसँग मिलेको दाबी गरे ।

उनले देश विकास गर्ने एमाले मात्र भएको भन्दै भ्रष्टाचारीहरुले वाईडबडीको कुरा उठाएको बताए ।

स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु एकदमै सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्ने छन्,’ उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ, मोडल अस्पताल बनाउँ भन्यो भने एक जना भन्छ, हस्पिटल खोल्ने ? एक जनाले नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ