चैत्र २५ काठमाण्डौँ । बालुवाटारमा गठबन्धनका नेताहरुको अनौपचारीक छलफल भएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच छलफल भएको हो ।
छलफलमा स्थानीय चुनावमा सहकार्य र तालमेलको मोडल, सँयुक्त अपील जारी गर्ने जस्ता विषयमा कुराकानी भएको स्रोतले जनाएको छ ।
पाँच दलीय गठबन्धनले चुनावी तालमेलका क्रममा महानगर र उपमहानगर केन्द्रबाट टुंगो लगाउने र अन्य तहमा प्रदेश र जिल्लालाई अधिकार दिने विषयमा बहस गरेपनि अन्तिम निर्णय हुन बाँकी छ ।
रामचन्द्र पौडेल नेतृत्वको पाँच दलीय सँयन्त्रले सँयुक्त अपील लेखिरहेको र आज भोली नै सार्वजनिक गर्ने तयारी भएको बुझिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline