एमाले र राप्रपा नेपालको तालमेलको तयारी, केपी ओली र कमल थापाको भेट

एमाले र राप्रपा नेपालको तालमेलको तयारी, केपी ओली र कमल थापाको भेट

  • शुक्रबार, चैत्र २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं चैत्र २५ । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलका बिषयमा छलफल शुरु भएको छ ।
कमल थापाले बुधबार पनि बालकोट पुगेर भेटवार्ता भएको थियो । कमल थापासँग घोषित गठबन्धन बनाउने र राजेन्द्र लिग्देनसँग अघोषित तालमेलको तयारीमा ओली रहेको स्रोतले बताएको छ ।
यस अघि अनौपचारीक रुपमा छलफल चलिरहेको सार्वजनिक भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सघन भेटवार्ता भएको हो । उनीहरुबीच बिहिबार नेपालगञ्जमा भेटवार्ता भएको हो ।

भेटमा आसन्न स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने विषयमा छलफल भएको नेता रापप्रपा नेपालका नेता शशी भण्डारीले जानकारी दिए ।

भेटमा राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्हबाटै चुनाव लड्ने विकल्पमा पनि छलफल भएको थियो। यसै साताभित्र एमालेसँग गठबन्धनको मोडालिटी टुंग्याउने तयारी रहेको भण्डारीको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ