चैत्र २४ काठमाण्डौँ ।
सरकारले विभिन्न २० देशमा राजदूत नियुक्त गर्न सिफरिस गरेको छ। लामो समयदेखि रिक्त रहेका राजदुतहरु सरकारले ठूलो संख्यामा एकै पटक नियुक्त गरेको हो ।
आज बसेको मन्त्रिपरिषद बैठकले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको हो।
यस मध्य चीनका लागि विष्णु पुकार श्रेष्ठ सिफारीस भएका छन् । उनी माओवादीको कोटामा परेका हुन् । सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्। निर्वाचन आचार संहिता लागू हुनु अघिल्लो दिन सरकारले यो निर्णय गरेको हो ।
को को छन् ? सिफारीस भएका राजदुतहरु ?
नवराज सुवेदी, डा।रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुल ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ (चीन) रहेका छन् ।
त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी ढजापानण, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका लागि सिफारिस भएका छन् ।