चैत्र २४ काठमाण्डौँ । संसद पुनस्थापनाको पक्षमा बहस गरेर सहयोग पुर्याएका अधिवक्ता गोविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त भएका छन् । गठबन्धन भित्रकै सहमति अनुसार देउवाले उनलाई मन्त्री बनाएका हुन् । अघिल्लो ओली सरकारले संसद विघटन गर्दा त्यसको पुनस्थापनाका लागि बन्दी सहित संयौ कानुन व्यवशायीले बहस गरेका थिए ।
बन्दी गैर सांसद भएकाले उनको कार्यकाल ६ महिनाको मात्रै हुनेछ । त्यो अवधि भित्र उनी सांसद हुनु पर्नेछ या त राजीनामा दिएर पुनः शपथ खानु पर्नेछ ।
यसै गरी प्रधानमन्त्री देउवाले उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रीमा दिलेन्द्र प्रसाद बडुलाई नियुक्त गरेका छन् । सो मन्त्रालय देउवा आफैले हेर्दै आएका थिए ।
चुनावको आचार संहिता लाग्ने बेला भएकाले अघि नै प्रधानमन्त्रीले रिक्त मन्त्री नियुक्त गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline