मुत्यु भएका जनप्रतिनिधीको नाम आयोगको मतदाता नामावली लिष्टमा

मुत्यु भएका जनप्रतिनिधीको नाम आयोगको मतदाता नामावली लिष्टमा

  • बिहिबार, चैत्र २४, २०७८
  • डम्मर दत्त भट्ट

  • 8.6K
    SHARES

कञ्चनपुर ।  कञ्चनपुर जिल्लामा मृत्यु भएका केही जनप्रतिनिधीको नाम समेत मतदाता नामावली लिष्टमा समावेस भएर आएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा मृत्यु भएका कञ्चनपुरका जनप्रतिनिधीको समेत नामावली समावेस भएर आएको हो ।
झण्डै एक बर्ष अघि १३ चैत्र ०७७ मा मृत्यु भएका भीमदत्त नगरपालिका ५ का वडाध्यक्ष मदन बहादुर चन्द, डेढ बर्ष अघि ५ मंसिर ०७७ मा मृत्यु भएका बेलडाँडी गाँउपालिका ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाको नाम पुन मतदाता नामावली लिष्टमा आएको छ ।
निर्वाचित जनप्रतिनिधीको मृत्यु भएको बारे समेत निर्वाचन आयोगले पुन नाम प्रकासित गरेको छ भने, अन्य सर्वसाधारण नागरिकको हकमा के गरेको रहेछ भन्नेबारे आशंका उब्जाएको छ । जबकी जनप्रतिनिधी त चर्चित व्यक्ति हुँदाहुँदै मरेर गएपनि कम्तिमा आयोगले अद्यावधिक गर्नुपर्ने भएपनि त्यो नगरेर पुन नाम प्रकासित गरेको छ ।

No description available.
बेलडाँडी गाँउपालिका ५ का स्व। वडाध्यक्ष कृष्ण बहादुर रोकायाका छोरा भुपेन्द्र रोकायाले बाबुको मृत्यु दर्ता गराईसकेको बताए । उनले बाबुको मुत्यु भएको केही दिनमै आफुहरुले मृत्यु दर्ता गराएको बताउदै उनले मृत्यु भएका बाबुको पुन मतदाता नामावलीमा कसरी नाम आएको भन्दै आश्चर्य प्रकट गरेका छन ।
१२ जेठ ०७७ मै कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लुराना थारु , २३ कार्तिक ०७७ मा पुनर्वास नगरपालिका ४ की वडा सदस्य टीका सुनार र २९ भदौँ ०७८ मा जिल्ला समन्वय समिति सदस्य बलराम पन्तको मृत्यु भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सुचना अधिकारी भान बहादुर महराले प्राविधिक त्रृटीले मृत्यु भएका मानिसको नाम पुन समावेस भएर आएको बताए । ‘हामीले पालिकासंग मृत्यु भएका जनप्रतिनिधीको नाम माग गरेका थियौँ, ‘उनले भने, ‘वडा र पालिकाबाट आएको विवरण सिधै आयोगमा पठायौँ, केही त्रृटी भएको रहेछ ।’
आयोगले पनि तुरुन्ता तुरुन्तै माग्ने र हामीले वडा तल वडा पालिकाबाट मृत्यु भएका मानिसको विवरण माग्दा कसैले हातले खेलेर पठाए कसैले कम्प्युटराईज गरेको बताए । जनशक्ति लगायत प्राविधिक कारणले त्रृटी भएको सुचना अधिकारी महराले बताए । सुचना अधिकारी महराले मृत्यु भएका मानिसको पुन नाम दोहोरिए आएकाले कति संख्यामा आएको एकिन नभएको बताए ।

No description available.
जिल्ला निर्वाचन आयोगको कार्यालय कञ्चनपुरका प्रमुख उदय राज जोशीले मृत्यु भएका कञ्चनपुरका २९ सय मानिसुको नामावली केन्द्रीय आयोगमा पठाएको बताए । ‘हामीले कञ्चनपुरका सबै पालिकाबाट मृत्यु भएका मतदाताको विवरण मागेका थियौँ, ‘उनले भने, ‘पालिकाबाट आएका सबै नामावली केन्द्रमा पठाऔँ ।’ उनले जिल्लाबाट जति पठाए त्यति नै केन्द्रबाट जिल्लामा अद्यावधीक भएर आउने नआउने बारे एकिन नभएको बताए । पालिका अनुरुप मृत्यु भएकाको विवरण निकाल्न समस्या भएको कार्यालय प्रमुख जोशीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ