गुल्मीमा गठबन्धनले भाग टुंग्यायो, काँग्रेस ८ र माओवादीले चार पालिका लिने , अन्यलाई वडा र पालिका कार्यसमितिमा समेट्ने

गुल्मीमा गठबन्धनले भाग टुंग्यायो, काँग्रेस ८ र माओवादीले चार पालिका लिने , अन्यलाई वडा र पालिका कार्यसमितिमा समेट्ने

  • बुधबार, चैत्र २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

चैत्र २३ काठमाण्डौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि गुल्मीमा भागबण्डा मिलाएका छन् ।
गुल्मी सदरमुकाम तम्घासमा बसेको गठबन्धनको बैठकले १२ पालिका मध्य ८ नेपाली काँग्रेस र चार माओवादी केन्दले लिने सहमति भएको छ । काँग्रेसको भागबाट एकीकृत समाजवादीको उपस्थिति बाक्लो भएको तह मध्य एक समाजवादीलाई दिईने छ । जिल्लामा दुई नगरपालिका सहित १२ स्थानीय तह रहेका छन् । जसपा र जनमोर्चालाई वडा र पालिका कार्यसमितिमा समेटेर लैजान पनि दलहरु सहमत भएका छन् ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालले सत्ता गठबन्धनले गुल्मीका १२ पालिकामा चुनावी तालमेलका लागि भागबण्डा मिलाईएको बताए ।
कांग्रेस सभापति खिलध्वज पन्थीले पनि सत्ता गठबन्धनले पालिकाहरुको भागबण्डा टुङ्ग्याएको बताए ।

उनले कांग्रेसले ८ र माओवादीले ४ पालिका लिने सहमति भएको बताए। नेकपा एकीकृत समाजवादीको हकमा सम्मानजनक स्थान दिने सहमति भएको पन्थीले बताएका छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ