चैत्र २२ बीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू ६० वर्षदेखि मधेशमा बसेको मान्छे भएकाले मधेश बिरोधी हुन नसक्ने बताए ।
आज बीरगञ्जमा चुनावी सभालाई संवोधन गदै ओलीले केही मान्छेले ओलीलाई मधेश बिरोधी भनेर हल्ला चलाए पनि त्यो गलत भएको दाबी गरे ।
अहिले हजारौँ मान्छे एमालेमा प्रवेश गरीरहेको भन्दै आफ्नो पार्टीसँग कसैले पनि एक्लै चुनाव लड्न नसक्ने ठोकुवा गरे ।
एमालेसँग एक्लै लड्न सकिँदैन, जित्न सकिँदैन भन्ने भएपछि सत्तारुढ दलहरुले गठबन्धन गरेर तालमेल गर्न लागेको भन्दै एमालेले एक्लै बहुमत ल्याउने पनि उनले दाबी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline