चैत्र २१ इलाम । आफ्नै पालिकाका नागरिकमाथि हातपातमा उत्रिएकी ईलाम फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा पीडितले जाहेरी दिएपछि उपाध्यक्ष राईलाई प्रहरीले पक्राउ गरेको हो ।
उजुरी परेको प्रहरीले खबर गरेपछि उपाध्यक्ष राई आफै जिल्ला प्रहरी कार्यलयमा पुगेकी थिईन् । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर उनलाई हिरासतमा राखेको छ ।
फाकफोकथुम(१ का कृष्णबहादुर खड्कालाई उपाध्यक्ष राईले चैत १८ गते अध्यक्ष रामकुमार श्रेष्ठको निवासमा पसेर मुक्का प्रहार गरेको जाहेरीमा दाबी गरिएको छ।
फाकफोकथुम गाउँपालिका र दक्षिण कोरियाको इन्जे काउन्टीबीच यहाँबाट मौसमी ट्रेनी कामदार कोरिया लैजाने सहमति भएको थियो। सहमतिअनुसारका कामदार छनोटमा प्रक्रिया नपुगेको भन्दै युवाहरुले विरोध जनाएँदै आएका छन्।