तीन दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

तीन दिने औपचारिक भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री देउवा

  • आइतवार, चैत्र २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

२० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको छ ।

उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएको थियो । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएको थियो । उहाँले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास समेत गर्नुभएको थियो ।

बनारसबाट चार बजे नयाँदिल्ली हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ काठमाडौं आईपुग्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ