भरतपुरको सकसः माओवादीले दाबी गरीरहेको मेयर काँग्रेसले पनि नछाड्ने !

भरतपुरको सकसः माओवादीले दाबी गरीरहेको मेयर काँग्रेसले पनि नछाड्ने !

  • आइतवार, चैत्र २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

चैत्र २० चितवन । अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीको सहकार्यमा तालमेल भएको चितवनको भरतपुर महानगरपालिकामा यस पटक भने सकस पर्ने देखिएको छ ।
यस पटक भरतपुर महानगरको मेयर आफूहरुले पाउनु पर्ने अन्यथा एक्लै निर्वाचन लड्ने चितवन काँग्रेसले निर्णय गरेको छ ।

भरतपुर महानगरको मेयर हाल माओवादीबाट निर्वाचित रेणु दाहाल रहेकी छन् ।
यस पटक माओवादीले सो महानगर दोहोर्याएर लिने सार्वजनिक रुपमै संकेत गरिरहेका बेला काँग्रेसको सो निर्णयले चितवनमा तालमेल हुने नहुने आशंका बढेको छ ।
काँग्रेस केन्द्रीय समितिको बैठकले पनि गठबन्धन गर्ने सैद्धान्तिक निर्णय गरेपनि तल्लो तहलाई बढी अधिकार दिएकाले चितवनमा सकस पर्ने देखिएको हो ।
भरतपुर छाड्न नचाहने माओवादी पनि मेयर दाहालले राम्रै काम गरेकाले एक्लै लडेपनि जितिने आन्तरीक निष्कर्षमा रहेको बुझिएको छ ।

उता एमालेका देवी ज्ञवाली पनि मेयरमा लड्ने योजनामा छन् । काँग्रेस जिल्ला सभापति राजेश खनालले मेयर काँग्रेसले नपाए एक्ला एक्लै चुनावमा जाने निर्णय भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी