चुनावको मुखमा कन्चनपुरमा एमालेलाई धक्काः बेलकोटका मेयर सहित जनप्रतिनिधि समाजवादीमा प्रवेश

चुनावको मुखमा कन्चनपुरमा एमालेलाई धक्काः बेलकोटका मेयर सहित जनप्रतिनिधि समाजवादीमा प्रवेश

  • आइतवार, चैत्र २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

कञ्चनपुर चैत्र २० । कन्चनपुरमा चुनावका मुखमा एमालेबाट निर्वाचित मेयर सहितका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । चुनावको मुखमा पार्टी छाडेकाले एमालेलाई जिल्ला र नगरमा धक्का पुगेको छ ।
नेकपा (एमाले) बाट निर्वाचित भएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द सहितका जनप्रतिनिधि र नेता कार्यकर्ता आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतका जनप्रनिधिहरु पार्टी प्रवेश गराएका हुन् ।

एमालेमा अपहेलित र अपमानित भएपछि त्याहाँ बस्न नसकेर एकीकृत समाजवादी रोजेको मेयर चन्दले बताए । उनले पूर्व माओवादी पनि एमाले भित्र अपमानित भईरहेको दाबी गरे ।

एमालेको पुस अन्तिममा सम्पन्न जिल्ला कमिटीको अधिवेशनमा चन्द सचिवमा झिनो मतले पराजित भएका थिए । पराजय स्वीकार गर्दा पनि आफ्नो प्यानलका निर्वाचित साथीहरुलाई कुनै पनि जिम्मेवारी नदिएको भन्दै उनी रुष्ट बनेका थिए ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ