काठमाडौं चैत्र २० । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल सहित १४ सांसदको पद खारेजीका लागि आदेशको माग गर्दै सभामुख, निर्वाचन आयोग बिरुद्ध दिएको रिट निवेदनलाई सर्वोच्चले हेर्न नमिल्नेमा राखेको छ ।
आज सुनुवाई हुनु पूर्व माधव नेपालले यो मुद्धालाई सुनुवाई नगर्न निवेदन दिएका थिए । सो मुद्दा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा तोकिएको थियो।
एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र त्यसकै आधारमा निर्वाचन आयोगले एकीकृत समाजवादी नामक दल दर्ता गरेको भन्दै एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline