लिपुलेक, लिम्पियाधुरा र कालापानी सहित सीमा विवाद वार्ता मार्फत समाधान गर्न भारत तयार !

लिपुलेक, लिम्पियाधुरा र कालापानी सहित सीमा विवाद वार्ता मार्फत समाधान गर्न भारत तयार !

  • आइतवार, चैत्र २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

चैत्र २० काठमाण्डौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले यस पटकको आफ्नो भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी सहित सीमा विवाद वार्ता मार्फत समाधान गर्न राखेको प्रस्तावलाई भारतले सकारात्मक रुपमा लिएको छ ।
भारतले ७६ साल यता पहिलो पटक वार्ताका लागि सकारात्मक संकेत दिएको हो ।
देउवाले मोदीसँगको द्धिपक्षीय भेटमा सीमा विवादको बारेमा कुरा राखेका थिए । वार्ता गर्न मोदीले सकारात्मक संकेत दिएको सरकारी स्रोतले जनाएको छ ।
भारतको तर्फबाट पनि सीमा विवाद राजनीतिकरण नगरी संवाद मार्फत समाधान गर्नु पर्ने बताएको थियो ।

नेपाली भूमिहुँदै मानसरोबर जाने बाटो भारतले एकतर्फी रुपमा खनिरहेको छ । नेपालले त्यतिखेर सो कार्यको विरोध गर्दै महाकालीसँग जोडिएका तीनै क्षेत्रलाई नक्सामा समावेश गरेर चुच्चे नक्सा ल्याएपछि भारत रुष्ट बनेको थियो ।

त्यो बेला नेपालमा चौतर्फी बिरोध भएको थियो भने भारतलाई पटक पटक वार्ताका लागि पत्राचार गर्दा पनि भारतले सकारात्मक रुचि देखाएको थिएन ।
तर सम्बन्ध सुधार्न भन्दै भारत पुगेका प्रधानमन्त्री देउवाले यो पटक खुलेर यी विषय उठाएका हुन् ।
भारतले शान्तिपूर्ण रुपमा दुई देशीय सीमा समस्या समाधान गर्न सकारात्मक संकेत दिनु महत्वपूर्ण कुरा भएको कुटनीतिक जानकार दिनेश भट्टराई बताउछन् ।
नेपाल र भारतबीच थुप्रै ठाँउमा सीमा विवाद रहँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ