कुटनीतिक मर्यादा विपरीत देउवा पुगे भाजपाको कार्यलयमा

कुटनीतिक मर्यादा विपरीत देउवा पुगे भाजपाको कार्यलयमा

  • शनिबार, चैत्र १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

चैत्र १९ काठमाण्डौँ । सम्बन्ध सुधार्ने नाममा नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले कुटनीतिक रुपमा गंभीर त्रुटी गर्दै भारतीय सत्ताधारी पार्टी बिजेपीको कार्यलय पुगेका छन् । यो कुटनीतिक मर्यादा बिपरीत भएको जानकारहरुको टिप्पणी छ ।
उनी हिजो दिल्ली पुगेपछि भाजपाको कार्यलय पुगेका थिए । नेपालमा चुनाव नजिकिएका बेला उनी सम्बन्ध सुधार्न भन्दै भारत पुगेका थिए ।

भारतले संविधान जारी गर्दा असन्तुष्टी जनाएको, नाकाबन्दी लगाएको, लिम्पियाधुरा, कालापानी र लिपुलेकमा नेपाली भूमि कब्जा गरेर बाटो बनाएको जस्ता विषयपछि दुबै देशबीच सम्बन्ध सुमधुर हुन सकेको थिएन ।
यही बेला पहिलो विदेश भ्रमणका रुपमा दिल्ली पुगेका देउवाले भाजपाको मुख्यालय जानु ओहोदा र मर्यादा विपरीत भएको देखिएको छ ।
हाल सम्म नेपालका कुनै पनि प्रधानमन्त्रीले यस्तो कमजोरी गरेका थिएनन् । उनले सो भ्रमणका बेला काँग्रेस आईका नेताहरुलाइ भेट्ने छैनन् । तर सत्ताधारी बिजेपीको कार्यलयमै पुग्नु सकारात्मक कुटनीतिक संकेत हैन । देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
भाजपाले प्रधानमन्त्रीमा देउवा नियुक्त भएपछि पठाएको बिशेष दुतलाई गत भदौमा आरजु देउवाले रक्षा बन्धन लगाईदिएकी थिईन् । भाजपा र काँग्रेसबीच सम्बन्ध बढाउने नाममा देउवाले कुटनीतिक प्रोटोकल मिचेको जानकारहरुको टिप्पणी छ ।
भ्रमणको कार्यतालिकामा भाजपा कार्यलय जाने कार्यक्रम उल्लेखित छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी