भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच आज भेटवार्ता हुँदै

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच आज भेटवार्ता हुँदै

  • शनिबार, चैत्र १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

चैत्र १९ काठमाण्डौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।
आज भेटवार्तापछि दुबै प्रधानमन्त्रीले जयनगर कुर्था रेल सेवाको शुभारम्भ गर्नेछन् । त्यसै गरी भारतीय सहयोगमा निर्मित सोलु करिडोर प्रशारण लाईनको शुभारम्भ गर्नेछन् भने १३२ वटा श्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे भिडियोमा अवलोकन गर्नेछन् ।
आजै दुई देशका प्रतिनिधिमण्डलबीच कृषि, उर्जा, व्यापारका विभिन्न विषयमा छलफल र समझदारी हुनेछ ।
आज मोदीले देउवाका लागि दिवाभोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्री देउवाले आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्ध मजबुत हुने विस्वास व्यक्त गरेका छन् ।

देउवाले हिजो भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुका साथै भाजपाको मुख्यालय पनि पुगेका थिए । पार्टी कार्यलयमा कुनै पनि देशको प्रधानमन्त्री पुगेको बिषयलाई भने कुटनीतिज्ञहरुले आलोचना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ